पोखरामा पाँच जना जुवाडे पक्राउ, काठमाडौंमा अमेरिकी डलरसहित एक चिनियाँ समातिए • Image Khabar Image Khabar


पोखरामा पाँच जना जुवाडे पक्राउ, काठमाडौंमा अमेरिकी डलरसहित एक चिनियाँ समातिए


Imagekhabar
१३ आश्विन २०७४, शुक्रबार ०९:०७

पोखरामा पाँच जना जुवाडे पक्राउ, काठमाडौंमा अमेरिकी डलरसहित एक चिनियाँ समातिए

जुवा खेलेको सुराकीका आधारमा गएको टोलीले पोखरा लेखनाथ महानगरपालिका–३० पावरहाउसका जीतबहादुर केसीको घरमा जुवा खेलिरहेको अवस्थामा तिनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खडकबहादुर खत्रीले जानकारी दिए ।

यता, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले ४६ हजार अमेरिकी डलरसहित एक चिनियाँलाई बिहीबार पक्राउ गरेको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हाते सामान जाँच गर्ने क्रममा ड्रक एयरद्वारा भुटान जान लागेकी राहदानी नं जी ३८७७६०८५ वाहक ४१ वर्षीया यानकुन दुवानलाई अमेरिकी डलर ४६ हजार ४८० र चिनियाँ मुद्रा एक हजार ६०० येनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्