ब्रह्माकुमारी राजदीदीको टिका ग्रहण गर्न पुगे रक्षामन्त्री • Image Khabar Image Khabar


ब्रह्माकुमारी राजदीदीको टिका ग्रहण गर्न पुगे रक्षामन्त्री


Imagekhabar
१४ आश्विन २०७४, शनिबार १८:२२

ब्रह्माकुमारी राजदीदीको टिका ग्रहण गर्न पुगे रक्षामन्त्री

सो अवसरमा महादुर्गाको चैतन्य झाँकी प्रदर्शन गरिएको थियो । कार्यक्रममा काठमाडौ उपत्यकाका ब्रह्मकुमार ब्रह्माकुमारी राजदीदीले टिका लगाइ दिएकी थिइन् ।

टीका ग्रहण कार्यक्रममा सहभागी रक्षा मन्त्री भीमसेनदास प्रधानले दुर्गा भवानी सबैकी आमा भएकीले जनावर बली नमाग्ने बरु सबैखाले मनका विकारको बली दिनुपर्ने बताए ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रकी निर्देशक राजयोगिनी राजदिदीले आपसी एकता सदभाव तथा भ्रातृत्वभावबाट चौतर्फी विकास गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्