इङ्गल्याण्डले वेस्ट इन्डिजलाई नौ विकेटले हरायो • Image Khabar Image Khabar


इङ्गल्याण्डले वेस्ट इन्डिजलाई नौ विकेटले हरायो


Imagekhabar
१४ आश्विन २०७४, शनिबार १८:३३

इङ्गल्याण्डले वेस्ट इन्डिजलाई नौ विकेटले हरायो

यससँगै इंग्ल्यान्ड सिरिजमा ४–० ले अगाडि रह्यो । पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८८ रन बनाएको थियो ।

त्यसमा एस होपले सर्वाधिक ७२ रन बनाए । जवाफमा इंग्ल्यान्डले ३८ ओभरभित्र खेल आफ्नो पक्षमा पारेको थियो ।

घरेलु टिमले एक विकेट मात्र गुमाएर २ सय ९४ रन बनायो । त्यसमा जोनी बियरस्टोले १ सय ४१ रन बनाए र नटआउट रहे । यस्तै जेसन रोयले ९६ रनको योगदान दिए ।

प्रतिक्रिया दिनुहोस्