
नवनियुक्त जिवित कुमारीको हातबाट टीका थाप्न बसन्तपुरस्थित कुमारी घरमा सर्वसाधारण पुगेका हुन् ।
महाअष्टमीका दिन तीन वर्षीया तृष्णा शाक्यलाई नयाँ कुमारीका रुपमा नियुक्त गरिएको थियो ।
उता, महाष्टमीका दिन आफ्नो पदावधि सकाएर कुमारी घरबाट बिदा भएकी कुमारीसँग पनि टीका लगाउन सर्वसाधारण पुगेका छन् ।
९ वर्षपछि महाअष्टमीका दिन कुमारी घरबाट विदा भएपनि मतिना शाक्य चार दिनसम्म कुमारी कै रुपमा पुजिने मान्यता रहेको छ ।
दुबै कुमारीले कोजाग्रत पूर्णिमासम्म तलेजु भवानीको टीका सर्वसाधारणलाई लगाई दिने जनाइएको छ ।
जिवित देव गणेश र भैरवले पनि सर्वसाधारणलाई टीका लगाई दिएका थिए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
प्रतिक्रिया दिनुहोस्