
चीन भ्रमणमा रहेका टिलर्सनले वासिङटनले प्योङयाङसँगको सम्भावित वार्तालाई गम्भीर ढंगबाट हेरिरहेको बताए ।
उनले प्योङयाङसँग सम्वादका सूत्रहरु रहेको भन्दै आफुहरु अँध्यारो अवस्थामा नरहेको उल्लेख गरे ।
पछिल्लो समय अमेरिका र उत्तर कोरियाबीचको वाकयुद्ध चरम भएका बेला यो खुलासा भएको हो ।
अमेरिकी विदेशमन्त्रीको खुलासाअघि भने दुई मुलुक सम्पर्कमा रहेको सार्वजनिक भएको थिएन ।
अमेरिकी विदेश मन्त्रालयले प्योङयाङसँग धेरै सम्वादका च्यानल खोलेको र केही प्रगति भएको जनाएको छ ।
तर दुई मुलुकबीचको वार्ता प्रयास भने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको धारणाभन्दा भिन्न देखिएको छ ।
गत महिना ट्रम्पले उत्तरसँग वार्ताबाट कुनै समाधान ननिस्कने स्पष्ट पार्नु भएको थियो ।
अमेरिका, उत्तर कोरियाले आणविक कार्यक्रम रोक्नु पर्ने पक्षमा रहे पनि केही समय यता उत्तरले क्षेप्यास्त्र परीक्षण झन् तीब्र पारेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्