प्रसिद्ध मरु गणेशको खट यात्रा सम्पन्न • Image Khabar Image Khabar


प्रसिद्ध मरु गणेशको खट यात्रा सम्पन्न


Imagekhabar
१५ आश्विन २०७४, आईतवार १६:४५

प्रसिद्ध मरु गणेशको खट यात्रा सम्पन्न

उपत्यकाका चार प्रसिद्ध गणेश मध्ये मरु गणेश अशोक विनायकको चाँदीको मूर्तिलाई खटमा राखी नगर परिक्रमा गरि जात्रा गरिएको हो ।

यो जात्रामा खटलाई मरु गणेश गुठीका सदस्यका चेलीबेटीको घर–घरमा लगेर गणेशको मूर्तिमा पूजाआजा गरिन्छ ।

नगरपरिक्रमा गराईसकेपछि चाँदीको गणेश मूर्तिलाई मूल घरमा पुनः प्रतिस्थापन गर्ने चलन छ ।

उपत्यकामा जल विनायक, कार्य विनायक, सूर्य विनायक र अशोक विनायक प्रसिद्ध छन् ।

मरुस्थित अशोक विनायकको मन्दिरमा गजुर नभएकाले मरु गणेश भनिएको हो ।

प्रतिक्रिया दिनुहोस्