२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


विजया दशमीको तेस्रो दिन आज पनि टीका ग्रहण गरिदैं


0
Shares

विजया दशमीका टीका लगाउन नपाएका वा नभ्याएकाहरुले आज मान्यजनको हातबाट टीका, जमरा र आशिर्वाद लिइरहेका छन् ।

कोजाग्रत पूर्णिमाको दिनसम्मै आफ्ना कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउने परम्परा छ । टीका लगाएर आशिर्वाद लिन टाढाटाढाबाट आफन्तजनको पुग्ने क्रम जारी छ ।

कतिपय मानिसले विजयादशमीका दिन घरमा मात्र टीका लगाउने र त्यसपछि पूर्णिमासम्म आफन्तजनकोमा गएर टीका लगाउंदै आशिर्वाद लिने चलन छ ।

घटस्थापनाका दिन दशैंघरमा विधिपूर्वक स्थापना गरी नौ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको टीका, जमरा र प्रसाद कोजाग्रत पूर्णिमाका दिनसम्म आपूmभन्दा अग्रजको हातबाट थापेर आशीर्वाद लिइने परम्परा छ ।

मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने जनविश्वास छ ।