११ जेष्ठ २०८२, आइतबार | Mon May 26 2025


स्पेनमा राजा फिलिपले स्वतन्त्र भूमिका खेल्न नसकेको नेताहरुको आरोप


0
Shares

संवैधानिक रुपमा मध्यस्थकर्ताको भूमिका निभाउन छोडेर राजाले स्पेनिस सरकारको पक्षपोषण गरेको आरोप स्वतन्त्रता पक्षधर नेता कार्लोस पुईगदोमेन्टले लगाए ।

केन्द्रीय सरकारको विरोधकै बीच क्याटालोनियामा आफ्नै ढंगले गराइएको जनमत संग्रहमा स्वतन्त्रता पक्षधरले जितेपछि केन्द्र र राज्य सरकारबीचको सम्बन्ध तिक्त बन्दै गएको छ ।

यस्तो अवस्थामा तटस्थ भूमिकामा रहेर मध्यस्थता गर्नुपर्ने राजा नै एउटा पक्षलाई बोकेर हिड्नु सिंगो स्पेनकै लागि दूर्भाग्य हुने चेतावनी नेता पुईगदोमेन्टले दिए ।

स्पेन सरकारले हालै गराइएको जनमत संग्रहलाई असंवैधानिक र गैरकाननूनी भनिरहँदा क्याट्लन नेताहरु भने एक साताभित्र अलग राज्य घोषणा गर्ने धम्की दिईरहेका छन् । (एजेन्सी)