
तोकिएको भाडादर भन्दा झण्डै तेब्बर बढीसम्म रकम लिएको यात्रुहरुले गुनासो गरेका छन् ।
झापाको बिर्तामोडबाट पाँचथर सदरमुकाम फिदिमसम्मको जिपमा ५ सय रुपैयाँ भाडा निर्धारण भएपनि सवारी चालकले भने तेब्बर बढी १ हजार ५ सय रुपैयाँसम्म भाडा लिएका हुन् ।
तोकिएको भन्दा बढी रकम चालकहरुले यात्रुबाट लिएको गुनासो आएपछि अनुगमलाई तिब्रता दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
तोकिएभन्दा बढी रकम लिएको गुनासो आएकामा चालकबाट रकम फिर्तासमेत गराइएको दावी कार्यालय प्रमुख प्रेमकुमार शाहको छ ।
चाडपर्वको मौका छोपेर बढी भाडा लिने तथा यात्रु नचढाउने, यात्रुलाई दुब्र्यवहार गर्ने जस्ता क्रियाकलाप गरे यात्रु सहायता कक्षमा आएर गुनासो गर्न सकिने उनले बताए ।
पाँचथरको ग्रामिण भेगमा संचालन हुने सवारी साधानले समेत तोकिएभन्दा बढी भाडा लिएको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस्