
बुधबार दिउँसो सडक बन्द गरेर पहिरो हटाइएपनि रातिदेखि सडक फेरि अवरुद्ध भएको हो । बुधबार राति नै पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।
प्रहरीले राति सडकमा यात्रा गर्दा जोखिम हुने भन्दै बुधबार राति ८ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म यातायात आवागमन रोकेको थियो ।
बिहानैदेखि सडक अवरुद्ध भएपछि सयौं सवारी–साधन र हजारौं यात्री अलपत्र परेका छन् । दुई सातादेखि निरन्तर पहिरो खसिरहेकाले यात्रीले सास्ती व्यहोर्दै आएका छन् ।
निरन्तर ढुंगा खसिरहेकाले पहिरो हटाउन समस्या भएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।
सोही पहिरोमा बुधबार सडक पार गर्नेक्रममा खसेको ढुंगाले लाग्दा तीनजना घाइते भएका थिए । दुई साताअघिमात्रै सोही स्थानमा कार र ट्रक च्यापिँदा तीनजनाको ज्यान गएको थियो ।
गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जालगायतका जिल्लाबाट बुटवल आउने एकमात्रै नाका बन्द भएपछि दसैंमा घर गएका यात्री मारमा परेका छन् । पहिरो हटाउन ढिलाइ गरेको भन्दै यात्रीले आक्रोश व्यक्त गरेका छन् ।
सिद्धबाबा सडकखन्डको ५ किलोमिटर क्षेत्र जोखिमपूर्ण रहेको छ ।
प्रतिक्रिया दिनुहोस्