आठ वर्ष बित्दा पनि पुल बन्न सकेन • Image Khabar Image Khabar


आठ वर्ष बित्दा पनि पुल बन्न सकेन


Imagekhabar
२० आश्विन २०७४, शुक्रबार ०९:३५

आठ वर्ष बित्दा पनि पुल बन्न सकेन

पुल नहुँदा वर्षातमा यातायातका साधन चल्न नसक्दा आवत जावतमा समस्या परेको स्थानीय बताउँछन् । आर्थिक वर्ष २०६६÷०६७ मा डिभिजन सडक कार्यालय भरतपुरसँग पुल निर्माणका लागि काठमाडौंस्थित ईसान कन्ट्रक्सन प्रालिले कामको जिम्मा लिएको थियो । तर पुल निर्माणको काम भने त्यतिकै अलपत्र छ ।

२० मिटर लामो पक्की पुल एक करोड ३० लाखको लागतमा बनाउन आठ वर्षअघि ठेक्का सम्झौता भएको थियो । पुल ढलानका लागि राखिएका फर्मासमेत बाढीले बगाएको छ भने अरु सामग्री त्यतिकै अलपत्र छन् ।

ठेक्का सम्झौता भएको दुई वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने उक्त पुल समयमै बन्ने आशामा रहेका त्यस क्षेत्रका बासिन्दा निराश बनेका छन् । पुल नहुँदा धादिङको गोगनपानी, कल्लेरी महादेवबेसीलगायत दर्जनौ स्थानमा उत्पादित कृषिजन्य बस्तु बर्षातको समयमा बिक्रीका लागि बजारसम्म पुर्‍याउन असहज भएको स्थानीय बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्