कुबेतमा अलपत्र परेका ४९ महिलाको उद्धार गर्न संसदीय समितिद्वारा निर्देशन • Image Khabar Image Khabar


कुबेतमा अलपत्र परेका ४९ महिलाको उद्धार गर्न संसदीय समितिद्वारा निर्देशन


Imagekhabar
२० आश्विन २०७४, शुक्रबार १३:३२

कुबेतमा अलपत्र परेका ४९ महिलाको उद्धार गर्न संसदीय समितिद्वारा निर्देशन

समितिको बैठकले भारतको बाटो भई कुबेत पुगेका ती महिलाको पासपोर्ट समेत जफत गरिएको र उनीहरुसँग स्वदेश फर्किने खर्च समेत नभएकाले अविलम्व उद्धारका लागि आवश्यक कदम चाल्न मन्त्रालयलाई पत्राचार गरेको छ ।

यसैगरी समितिमा राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदनबारे पनि छलफल भएको थियो । आयोगले दोषी ठहर गरेकालाई कारवाहीको प्रक्रिया अघि बढाउन समितिले सरकारलाई निर्देशन दिएको छ ।

समितिका सदस्यहरुले सार्वजनिक भइसकेको घटनालाई कानुनी दायराभित्र ल्याउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्