स्याललाई हानेको गोली मानिसलाई लागेपछि... • Image Khabar Image Khabar


स्याललाई हानेको गोली मानिसलाई लागेपछि…


Imagekhabar
२२ आश्विन २०७४, आईतवार १८:५९

स्याललाई हानेको गोली मानिसलाई लागेपछि...

गोलन्जोर गाउँपालिका–६ का २५ वर्षीय कुमार नेपालीलाई भरुवा बन्दुकसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए । नेपालीले स्याल मार्न गोली हान्दा गोलन्जोर–६ का १६ वर्षीय गोपाल श्रेष्ठ घाइते भएका थिए ।

नेपालीलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको शर्माले बताए । बन्दुकको छर्रा लागेर श्रेष्ठको हातमा चोट लागेको छ । उनको उपचार भइरहेको छ । नेपालीलाई हातहतियार खरखजाना ऐनअनुसार कारबाही गरीने शर्माले बताए । रासस

प्रतिक्रिया दिनुहोस्