Logo ५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026


नयाँ प्रतिवन्ध लगाए अमेरिकाले ‘खतरनाक परिणाम’ भोग्नुपर्ने इरानको चेतावनी


0
Shares

आइआरजिसी कमान्डरलाई उद्धृत गर्दै आइतबार इरानी राज्य सन्चालित समाचार संस्थाले यदि इरानमाथि नयाँ प्रतिबन्ध लगाउने हो भने उनीहरूले अमेरिकी क्षेत्रीय सैन्य आधार शिविरलाई इरानी क्षेप्यास्त्रले नभेट्ने स्थानमा स्थानान्तरण गर्नुपर्नेछ ।

जफारीले अमेरिकी सरकारलाई चेतावनी दिँदै भनेको छ, ‘इरानमाथि नयाँ प्रतिबन्ध लगाउनु अमेरिकाका लागि खतरनाक परिणामको सामना गर्नुतुल्य हुनेछ ।’

अमेरिकी प्रशासनको इरानसँग अमेरिका लगायत विश्व शक्ति राष्ट्रले सन् २०१५ मा गरेको आणविक सम्झौताबाट फिर्ता आउने सम्भावित अमेरिकी एकतर्फी निर्णय उसकै हितविपरित हुने इरानले जनाएको छ । (रासस/सिन्ह्वा)