निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको गोली हानी हत्या • Image Khabar Image Khabar


निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको गोली हानी हत्या


Imagekhabar
२३ आश्विन २०७४, सोमबार १५:५१

निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको गोली हानी हत्या

सोमबार दिउँसो काठमाडौंको नयाँबानेश्वर, खरिबोटस्थित घरबाट निस्कनेक्रममा गाडीमा रहेका गौचनमाथि अज्ञात व्यक्तिले गोली हानेका थिए ।

गौचन चढेको गाडीको अगाडिबाट उनीमाथि तीनओटा गोली हानिएको थियो । 

एउटा गोली मुटुमा, एउटा कलेजोमा र एउटा गोली पेटमा लागेका गौचनलाई तत्काल नयाँनेश्वरस्थित सिभिल अस्पताल लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । 

गौचनलाई गोली हान्ने व्यक्तिको पहिचान हुन नसकेको र आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्