अध्यक्ष गौचनका हत्यारालाई सार्वजनिक नगरिए देशव्यापी आन्दोलन गर्छौं : महासचिव देउजा • Image Khabar Image Khabar


अध्यक्ष गौचनका हत्यारालाई सार्वजनिक नगरिए देशव्यापी आन्दोलन गर्छौं : महासचिव देउजा


Imagekhabar
२४ आश्विन २०७४, मंगलवार १०:३९

अध्यक्ष गौचनका हत्यारालाई सार्वजनिक नगरिए देशव्यापी आन्दोलन गर्छौं : महासचिव देउजा

मंगलबार भक्तपुरमा गरिएको साक्षात्कारमा महासचिव देउजाले बुधबार (भोलि) साँझसम्म सरकारले माग पूरा नगरेमा महासंघले देशभर आन्दोलन गर्ने र विकास निर्माणलगायतका काम ठप्प पार्ने बताए ।

अध्यक्ष गौचनको हत्यासँगै महासंघका अरु पदाधिकारीलाई पनि अज्ञात नम्बरबाट धम्कीपूर्ण शैलीमा पैसा माग्दै टेलिफोन आइरहेकाले असुरक्षा बढेको उनले जानकारी दिए ।

हत्यामा संलग्न पक्राउ नपरेसम्म त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको गौचनको शव नबुझ्ने चेतावनी उनले दिए ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको सोमबार दिउँसो काठमाडौंको शान्तिनगर, खरिबोटनजिक गोली हानी हत्या गरिएको थियो ।

घरबाट निस्केर अलि पर पुग्नासाथ गौचनमाथि दुईजनाले गोली हानी हत्या गरेका थिए ।

गौचनको मुटुमा, कलेजोमा र गोली पेटमा तीन गोली हानिएको थियो ।

प्रतिक्रिया दिनुहोस्