गौचनको हत्यारालाई कारबाही, गौचनलाई सहिद घोषणा गर्न माग • Image Khabar Image Khabar


गौचनको हत्यारालाई कारबाही, गौचनलाई सहिद घोषणा गर्न माग


Imagekhabar
२४ आश्विन २०७४, मंगलवार १४:३६

गौचनको हत्यारालाई कारबाही, गौचनलाई सहिद घोषणा गर्न माग

महासंघका पदाधिकारीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर गौचनलाई सहिद घोषणा गर्न, हत्यारालाई तत्काल खोजी कारबाही गर्न र निर्माण व्यवसायीको सुरक्षाको प्रत्याभूति दिन माग गरेका हुन् ।

अध्यक्ष गौचनको हत्याका साथै अन्य पदाधिकारीलाई विभिन्न फोन नम्बरबाट धम्की दिने प्रवृत्तिले असुरक्षा भएको भन्दै सुरक्षा प्रबन्ध मिलाउन महासंघले प्रधानमन्त्रीसमक्ष अनुरोध गरेको महासंघका महासचिव रामशरण देउजाले बताए ।

भेटमा प्रधानमन्त्री देउवाले निर्माण व्यवसायीको सुरक्षा दिन सरकार तयार रहेकाले हतोत्साहित नहुन व्यवसायीलाई आग्रह गरेको प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दे महासचिवले देउजाले जानकारी दिए ।

‘प्रधानमन्त्री ज्यूले व्यवसायीको सुरक्षाका लागि सुरक्षा प्रमुखसँग कुरा गरेको छु भन्नुभएको छ’–उनले भने ।

यस्तै, महासंघले अध्यक्ष गौचनको निधनमा तीन दिन निर्माणका सबै काम बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार महासंघको कार्यालयमा बसेको आकस्मिक बैठकले अनिश्चितकालका लागि बोलपत्रमा सहभागी नहुने निर्णयसमेत गरेको छ ।

महासचिव देउजाले घटनाका दोषी पत्ता नलगाएसम्म आफूहरुले शव नबुझ्नेसमेत बताए ।

गौचनको शव अहिले परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।

महासंघले सोमबार राति गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखसँग भेटेर गौचनको हत्यारालाई शीघ्र कारबाहीको दायरमा ल्याउन माग गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्