१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


नेपाल भ्रमणमा रहेका एएफसीका अध्यक्ष र एन्फाका पदाधिकारीबीच छलफल


0
Shares

एन्फा कम्प्लेक्स सातदोबाटो पुगेर अध्यक्ष शेख सलमानले नेपाली फुटबलका विभिन्न पक्षबारे जानकारी लिएका हुन् । सो अवसरमा एन्फाका तर्फबाट रंगशाला निर्माण र अन्य प्राविधिक सहयोग माग गरिएको थियो ।

एएफसी अध्यक्षले भने यसअघि फिफाले गोल प्रोजेक्ट मार्फत गर्दै आएको सहयोग हाल फिफा फरवार्ड कार्यक्रमको रुपमा चलिरहेकाले सोही कार्यक्रम मार्फत सहयोग लिन सुझाव दिए ।

एन्फाको गत सोमबार सम्पन्न साधारणसभाले एएफसीको निर्देशनअनुसार विधान संशोधन गरेकोमा खुशी व्यक्त गर्दै अध्यक्ष शेख सलमानले सोही अनुरुप अव निर्वाचनमा जान आग्रहसमेत गरेको एन्फा स्रोतले जनाएको छ ।

एन्फाको औपचारिक स्वागत कार्यक्रमपछि एएफसी अध्यक्ष शेख सलमान र एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठबिच छुट्टै भेटवार्ता भएको थियो ।

नेपाल आउनुअघि सलमानको टोलीले भुटान र भारतको भ्रमण गरेको थियो ।

फिफा अण्डर सेभेन्टिन विश्वकप फुटबलका लागि भारत पुगेका बेला एएफसी अध्यक्ष सलमानले दक्षिण एसियाका छिमेकी देशहरुको समेत भ्रमण गरेका हुन् ।

नेपाल भ्रमणका लागि हिजो काठमाडौं आउनुभएका शेख सलमान आजै बहराईन फर्कने कार्यक्रम छ ।