
आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले राजविराज–३ स्थित भूमिसुधार कार्यालयमा आइ उनलाई पक्राउ गरेको आयोगका पूर्वाञ्चल प्रमुख कालीप्रसाद पराजुलीले राससलाई बताए ।
मोही मुद्दा लडेकी सेवाग्राही महिलासँग कार्यालय प्रमुख पोखरेललाई रु एक लाख लिइरहेको अवस्थामा प्रहरी उपरीक्षक किसनसिंह थापाको नेतृत्वमा आएको टोलीले थलोमा नै पक्राउ गरेको बताइएको छ ।
अभियुक्त पोखरेललाई अनुसन्धानका लागि क्षेत्रीय कार्यालय लगिएको बताइएको छ ।
सेवाग्राही महिलालाई लामो समयदेखि दुःख दिएको र मुद्दा मिलाउन घुस मागेपछि महिलाले आयोगमा जानकारी दिएपछि पोखरेललाई पक्राउ गरिएको जनाइएको छ ।
सो कार्यालयमा विगतदेखि नै मोही मुद्दा मिलाउन घुस माग्ने गरेको सेवाग्राहीको आरोप छ । रासस
प्रतिक्रिया दिनुहोस्