Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


‘हुकिङ’गरी विद्युत् चुहावट गर्ने २४ जना पक्राउ


0
Shares

विद्युत् प्राधिकरण वितरण केन्द्र लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले दुई दिनको अवधिमा लहान नगरपालिकासहित जिल्लाका विभिन्न स्थानबाट २४ जनालाई पक्राउ गरेको हो ।

विद्युत् चुहावट नियन्त्रणका लागि अनुगमन निरीक्षणका क्रममा ‘हुकिङ’ गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा जिल्लाको महदेवा पोर्ताहा, मलहनमा, बेताहा, मिर्जापुर, छरापटी, मोतीपुरलगायतका स्थानबाट २४ जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको विद्युत् प्राधिकरण लहानका प्रमुख विष्णुप्रसाद यादवले जानकारी दिए ।

पक्राउ गरिएका सबैमाथि विद्युत् चुहावट ऐनअन्तर्गत कारबाही गरिएको प्रमुख यादवले बताए । उनका अनुसार सो क्रममा २६ थान विद्युत् मिटर, चारथान पंखा र दुई थान टिभीसमेत बरामद गरिएको छ । रासस