Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


बलात्कार आरोपमा पक्राउ


0
Shares

जिल्ला प्रहरी कार्यालय भोजपुरकाअनुसार बलात्कार अभियोगमा आमचोक गाउँपालिका–३ थिदिङखाका २१ वर्षीय दीपककुमार राईलाई पक्राउ गरिएको हो ।

सोही गाउँकी १७ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा परिवारले दिएको उजुरीको आधारमा ती व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।

मंगलबार पक्राउ परेका अभियुक्तलाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)