Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


सातौं दीपावली कप भलिबल : पुरुषतर्फको उपाधी गोरखबहादुर गणलाई


0
Shares

जनशक्ति युवा समुह चिलाउनेलाई फाइनलमा २५–२२, २४–२६, २५–१४ र २५–१४ को सेटमा हराउँदै गोरखबहादुरले उपाधी जितेको हो ।

यससँगै माविस्तरीय छात्रा भलिबलको उपाधी भने राजेश्वरी मावि सिपापोखरेलाई पछि पार्दै इर्खु माविले हात पारेको छ ।

भलिबल प्रतियोगिताको समापन गर्दै सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले खेल क्षेत्रको विकासका लागि आफु सहयोग गर्न तयार रहेको भन्दै खेल मैदान निर्माणका लागि योजना ल्याएमा आवश्यक बजेट उपलब्ध गराउन आफुले पहल गर्ने बताए ।

खेलमा विजेता खेलाडीहरुलाई मन्त्री बस्नेतले प्रमाणपत्र, मेडल, ट्रफी तथा नगद पुरस्कार वितरण गरेका थिए ।