२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


एकाबिहानै काठमाडौंमा गोली चल्यो, एकजना घाइते (भिडियो)


0
Shares

प्रहरी प्रवक्ता मनोज न्यौपानेका अनुसार नचिनेका दुई जना मानिसले चलाएको गोली लागेर स्कुटरमा रहेका काठमाडौं रानीवनका कल्याण गुरुङ घाइते भएका छन् ।

खुट्टामा गोली लागेका गुरुङको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

गोली हान्ने व्यक्तिको खोजी भइरहेको र शंकास्पद पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसअघि, काठमाडौंको नयाँ बानेश्वरमै नचिनेको मान्छेले चलाएको गोली लागेर निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको थियो ।

घाइतेको भिडियो हेर्नुहोस्