
पक्राउ पर्नेहरुमा स्वयम्भूका असुन गुरुङ, चितवनकी सविना क्षत्री, नुवाकोटका नवराज लामिछाने र काठमाडौंका सुरेन्द्र शाही रहेका छन् ।
उनीहरुले आइतबार बिहान म्हैपीमा स्कुटरमा सवार कल्याण गुरुङमाथि गोली प्रहार गरेका थिए ।
उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबारै पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
२३ वर्षीया युवती सविना क्षत्रीको विषयमा कल्याणसँग झगडा परेको र युवतीले असुन गुरुङलगायतलाई बोलाएर आक्रमण गराएको प्रहरीले जनाएको छ ।
आक्रमणकारीमध्ये मुख्य अभियुक्त भनिएका असुन गुरुङ पूर्वसांसद टेकबहादुर गुरुङका भतिजा भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्