
मंगलबार राजधानीमा एक कार्यक्रम गरी टिभीएस मोटर कम्पनी र प्रतियोगिता आयोजकबीच प्रायोजन सम्झौता सम्पन्न भएको हो ।
सम्झैताअनुसार प्रतियोगिताको विजेताले प्राप्त गर्ने २१ लाख रुपैयाँ, म्यान अफ द सिरिजलाई एउटा मोटरबाइक र म्यान अफ द म्याचलाई नगद पुरस्कार टिभीएस मोटर कम्पनीले प्रदान गर्नेछ ।
यस्तै, प्रतियोगितामा सहभागी पोखरा राइनोज टोलीको स्वामित्व पनि टिभीएस मोटर कम्पनीले लिने सम्झौता भएको छ ।
आगामी डिसेम्बरमा आयोजना हुने प्रतियोगितामा नेपालका विभिन्न ६ सहरका टोलीहरुले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतिक्रिया दिनुहोस्