Logo २६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026


जुवातास खेलाउँदै गरेको अवस्थामा १२ जना पक्राउ


0
Shares

सूर्यविनायक नगरपालिका – १० चित्तपोल खड्का गाउँस्थित विशाल खड्काले सञ्चालन गरेको किराना पसलभित्र अवैध रुपमा जुवातास खेलाउँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीय ३४ वर्षीय विशााल खड्का, ४० वर्षीय वासुदेव खड्का, ४९ वर्षीय रघुनाथ खड्का, ४० वर्षीय हरि खड्का र ३० वर्षीय ज्ञानेन्द्र खड्का रहेका छन् ।

त्यसैगरी काभ्रे बनेपा नपा– १ का ४८ वर्षीय किरण थापा, ३७ वर्षीय सुन्दर जिसी, ३२ वर्षीय राजन थापा, २७ वर्षीय गोकर्ण कार्की, ४८ वर्षीय सहदेव थापा, ४० वर्षीय राधाकृष्ण महत र ५० वर्षीय अंकुर थापालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त जगातीबाट गएको प्रहरी टोलीले जुवातास खालबाट रु एक लाख बीस हजार चार सय नगद समेत बरामद गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए । (रासस)