
मृत्यु हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका–६ गोकुलेश्वर, तिलाडीकी ३४ वर्षीया अनिता विष्ट रहेको प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।
बिहीबार बिहान साढे ९ बजेतिर घरनजिकै रहेको तिलाडी भीरमा खर काटिरहेका बेला एक्कासि लडेर गम्भीर घाइते भएकी उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसअघि, असोज ३१ गते पनि सुर्नया गाउँपालिका–४ मेलडाँडाकी ३२ वर्षीया जुनकिरी लुहारको खर काट्नेक्रममा भीरबाट लडेर ज्यान गएको थियो ।
प्रतिक्रिया दिनुहोस्