
सो गाउँका भण्डै ५० जना बालबालिकालाई अझै विद्यालयभित्र ल्याउन नसकिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
पुर्ण साक्षर जिल्लाको रुपमा घोषणा गरिएपनि तनहुँ सदरमुकाम दमौली नजिकै रहेको व्यास–१२ भुजेल गाउँका वालवालिका अझै पनि विद्यालय बाहिर छन् ।
जति गाउँमा गएर भर्ना अभियान सन्चालन गरेपनि पटक्कै विद्यार्थीहरु स्कुल नआउने सहायक जिल्ला शिक्षा अधिकारी केदार आचार्य बताउँछन् ।
जिल्ला शिक्षा कार्यालय तनहुँ र स्थानीय मत्स्यकन्या आधारभुत विद्यालयले विद्यार्थीको भर्नाको लागि भुजेल गाउँमा विभिन्न प्रयास गर्दा पनि शत प्रतिशत बिद्यार्थी आउन नसकेका हुन् ।
यस विषयमा गाउँका सरोकारवाला व्यक्तिहरुले चासो देखाएपनि प्रभावकारी नभएको स्थानीय मत्स्यकन्या आधारभुत विद्यालयका प्रधानध्यापक ललित बहादुर पाण्डे बताए ।
भन्डै दई सय घर परिवार रहको उक्त गाउँमा अहिलेसम्म ५ जनाले मात्र एसईई परीक्षा उत्रिण गरेका छन् ।
दमौलीको निकै नजिक भएर पनि व्यास १२ मा रहेको भुजेल बस्ती अझै पनि शैक्षिक एवं ज्ञानको हिसावले निकै पछाडी परेको छ ।
शिक्षाको अभावमा यहाँका वालवालिकाले १३÷१४ वर्षको कलिलै उमेरमा वालविवाह गर्ने गरेका छन् ।
यस गाउँमा मानिसहरु विरलै मात्रामा परिवारको स्वीकृतिमा विवाह गरेको स्थानीय मन वहाुदर भुजेल बताउँछन् ।
विशेष गरेर शिक्षाको कमीका कारणले यहाँका अभिभावकले आफनो छोराछोरीलाई स्कुल समेत पढाउँदैन्न् ।
यदी पढाएको खण्डमा समेत छोराछोरीको मतलव नगर्ने गरेको पाईएको छ । उक्त गाउँमा अभिभावक ज्याला मजदुरी गरेर खाने गर्दछन ।
यस गाउँका अधिकांस अभिभावक मजदूरीका लागि वाहिर हिड्ने कारणले पढेका बालबालिका पनि ८ कक्षा पढेर छोड्ने प्रचलन जस्तै वनेको छ ।
शिक्षा अभावको कारणले यस स्थानका बालबालिकाहरुको विवाह समेत सानै उमेरमा हुने गरेको छ ।
सरकारले तनहुँ जिल्लालाई पुर्ण साक्षर जिल्लाको रुपमा घोषणा गरेपनि यस्ता गाउँहरुको अनुगमन भने जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्