
काठमाडौंबाट सीधै पाथीभरा जाने कार्यक्रम रहेपनि मौसम अनुकूल नहुँदा राष्ट्रपति सवार हेलिकप्टर उपल्लो ताप्लेजुङको घुन्सा र गोला क्षेत्रको अवलोकन गरी नेपाली सेनाको नयाँ रणभीम गुल्ममा अवतरण गरिएको थियो ।
हेलिकप्टर पाथीभरा मन्दिरमा अवतरण हुन नसकेपछि सुकेटार विमानस्थलमा अवतरण गरी गोला घुन्सातर्फ गएको हो ।
मौसममा सुधार आएपछि राष्ट्रपति भण्डारी पाथीभरा मन्दिर र त्यसपछि नागरिक अभिनन्दनका लागि मैवाखोला गाउँपालिकाको ढुङ्गेसाँघु जाने कार्यक्रम छ ।
उनले स्वर्गीय पति मदन भण्डारीको जन्मघर पनि अवलोकन गर्नेछिन् । उनलाई मैवाखोला गाउँपालिका र मैवाखोला सेवा समाजले अभिनन्दन गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस्