
पछिल्लो समय तनाव, उच्च रक्तचाप, कानमा राखेको मोबाइल डिभाइस, छारे रोग र अनुभव नभएका चालकका कारण दुर्घटनम बढी हुने गरेको छ । यो कुरामा न प्रहरीलाई हेक्का छ, न चालकलाई नै ।
मस्तसँग हाँकिरहेको सवारीसाधन बिनाकारण ठोक्किन पुग्छ । सडकमा उभिएका ट्राफिक प्रहरीले कारण केलाउँदा यिनैमध्ये कुनै देखिन्छ ।
‘बाटो, गाडी सबै ठिक हुन्छन्, त्यस्तो बेला सडक छेउको बिजुलीको खम्बामा ठोक्किएका हुन्छन्,’ ललितपुर ट्राफिक परिसरका प्रहरी निरीक्षक सीताराम हाछेथुले भने ।
‘देखिने खास कारण विनै दुर्घटना भएका हुन्छन्, सोध्दा एक्कासी अँध्यारो देखेँ भन्छन्,’ उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी सर्वेन्द्र खनालले भने ।
‘यसबारे मनस्थितिको अध्ययन भएको छैन, तर मानसिक तनाव या उच्च रक्तचापको कारणले दुर्घटना भएको देखिन्छ,’ उनले भने । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्