२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


धादिङ बस दुर्घटनाः ३० जनाको मृत्यु, १२ जनाको सनाखत (अपडेट)


0
Shares

मृतकमध्ये ११ पुरुष, १० महिला, ६ बालक र तीनजना बालिका रहेको धादिङका प्रहरी उपरीक्षक ध्रुवराज राउतले जानकारी दिए ।

मृतकमध्ये १२ जनाको सनाखत भएको छ । सनाखत हुनेहरुमा सप्तरी जिल्ला तिलाठी-कोइलाडी–३ का ३५ वर्षीया सिमीकुमारी झा, ३८ वर्षीय सन्जितकुमार झा, तिलाठी-कोइलाडी–१ का ३३ वर्षीय मन्जितकुमार झा, देउरीमरुवा नगरपालिका–१५ का सहचालक १८ वर्षीय नरेश मुखिया, बोधेवरसाई नगरपालिका–२ का ६ वर्षीय आदित्य यादव, बोधेवरसाई–३ का १५ वर्षीया चन्दरेखा प्रमाणी, राजविराज नगरपालिका–१६ का ७४ वर्षीया चन्द्रवती झा छन् ।

यस्तै, सप्तरी नेरेया गाउँपालिकाका–२५ वर्षीया पार्वती चौधरी, सोही ठाउँका ३ वर्षीय बालक सुशान चौधरी, नेरेया–३ कै २४ वर्षीय रमानन्द यादव, सिराहा नगरपालिका–८ गोलबजारका ५० वर्षीय रामकुमार यादव र भारत, मधुवनी जिल्ला विहारका २९ वर्षीया ममतादेवी ठाकुर रहेको प्रहरी उपरीक्षक राउतले बताए ।

सप्तरीको राजविराजबाट काठमाडौं जाँदै गरेको ना६ख १४६७ नम्बरको बस शनिबार बिहान साढे ५ बजेतिर त्रिशूली नदीमा खसेको थियो ।

दुर्घटनास्थलबाट १६ जना घाइतेलाई उद्धार गरिएको छ ।

घाइतेमध्ये दुईजनालाई उपचारका लागि काठमाडौं पठाइएको छ । घाइते १४ जनाको गजुरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।