२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


धादिङ बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त


0
Shares

प्रधानमन्त्री देउवाले शनिबार बिहान सप्तरी जिल्लाको राजविराजबाट काठमाडौंतर्फ आइरहेको ना ६ ख १४६७ नम्बरको बस धादिङको गजुरी नजिक बांगेमोडमा दुर्घटना हुँदा धेरै यात्रुले ज्यान गुमाएको समाचारले आफूलाई अत्यन्तै मर्माहत र दुःखी बनाएको बताएका छन् ।

प्रधानमन्त्री देउवाले एक शोक सन्देश दिँदै सो घटनामा ज्यान गुमाउन पुगेका सबै यात्रुप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

उनले शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै दुर्घटनामा घाइते यात्रुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रधानमन्त्रीले उद्धार कार्यमा संलग्न स्थानीय प्रशासन, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बललाई थप प्रभावकारी खोज कार्य गर्दै हराइरहेका यात्रुको खोजी गर्न निर्देशनसमेत दिएका छन् । रासस