मनीष गुप्ता (इमेज)
कपिलवस्तु, असार १६ । नेपाल प्रहरीले १३ लाख १३ हजार ६६० भारतीय रुपैयाँसहित दुईजनालाई शनिबार कपिलवस्तुको कृष्णनगरबाट नियन्त्रणमा लिएको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको एचआर०८एक्स ६०८८ नम्बरको ट्वेटा कारलाई चेकजाँच गर्नेक्रममा प्रहरीले लुकाइ–छिपाइ ल्याएको ठूलो परिमाणको भारतीय नोट बरामद गरेको हो ।
सो नोटसहित प्रहरीले भारतको कैथलथाना बस्ने ४२ वर्षीय राजेन्द्र जाठ र नेपालको कैलाली बस्ने ४६ वर्षीय महेन्द्र ओझालाई नियन्त्रणमा लिएको छ ।
चेकजाँचकाक्रममा कारका चालक लावसिंह भने फरार भएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।
प्रहरीले नियन्त्रणमा लिएका जाठ र ओझा तथा बरामद गरिएको नोट थप अनुसन्धानका लागि काठमाडौं पठाउने तयारी गरिएको जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्