
मुख्यसचिव लोकदर्शन रेग्मीलाई सम्मान गर्न मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले राष्ट्रसेवक कर्मचारी जनताको सेवक भएकाले जनतामुखी हुनुपर्ने बताए ।
मुख्यसचिव लोकदर्शन रेग्मीले कर्मचारीले कुनै राजनीतिक दबाबमा नभइ निष्पक्ष भएर काम गर्नुपर्ने बताए ।
उनले आफू राष्ट्रसेवक भएकाले इमान्दारीपूर्वक जनताको काम गर्ने विश्वास दिलाए ।
सरकारले दिएको जुनसुकै जिम्मेवारी पूरा गर्न राष्ट्रसेवक कर्मचारी सक्षम रहेको भन्दै उनले दबाबमा नभइ पदीय मर्यादामा रहेर आफूले काम गर्ने बताए ।
स्याङ्जा निवासी रेग्मीलाई नेपाली कांग्रेस स्याङ्जा–काठमाडौं सम्पर्क मञ्चले सम्मान गरेको हो ।
प्रतिक्रिया दिनुहोस्