
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले ढुंगेललाई मंगलबारै ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको थियो ।
पक्राउ परेका ढुंगेललाई अदालती प्रक्रिया पूरा गरेर डिल्लीबजार कारागार चलान गरिएको हो ।
अब ढुंगेलले पहिले जेल बसेको अवधि कट्टा गरेर बाँकी हुन आउने १२ वर्ष पाँच महिना २२ दिन थुनामा बस्नुपर्नेछ ।
यसैबीच, उज्जनकुमार श्रेष्ठकी दिदी सावित्री श्रेष्ठले ढिलै भएपनि आफ्नो भाइको हत्यारा जेल गएकाले आफूहरुले न्याय पाएको प्रतिक्रिया दिएकी छन् ।
अपराधीहरु सधैं राजनीतिक दलको आडमा लुकेर बस्न नसक्ने भन्दै उनले कुनै न कुनै दिन पक्राउ परेर जेल पुग्नेमा विश्वस्त रहेको पनि बताइन् ।
प्रतिक्रिया दिनुहोस्