Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


हत्या आरोपी चारजनालाई हेलिकोप्टरबाट सदरमुकाम ल्याइयो


0
Shares

गत कात्तिक १८ गते बेलुकी बालबच्चासहित घरमा रहेकी कुन्साङलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । मुख र टाउकोमा चोट लागेकी कुन्साङको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा संलग्न रहेका फरार थिए ।

प्रहरीले १८ वर्षीय तेन्जिङ् रिङ्जिङग लामा, २६ वर्षीय छेराङ रिङ्जिङग लामा, १९ वर्षीय सोनाम ग्याल्जिङ लामा, २२ वर्षीय सोनाम ग्याल्जिङ लामालाई पक्राउ गरी हेलिकोप्टरमार्फत मंगलबार सदरमुकाम ल्याएको हो भने मुख्य योजनाकार छेताक ग्याल्जिन लामा फरार छन् ।

प्रहरी उपरीक्षक प्रकाश अधिकारीका अनुसार हेलिकोप्टरको भाडा सरकारले बेहोर्नेछ भने घटनामा संलग्न रहेका मुख्य योजनाकार लामाको खोजी भइरहेको छ । पक्राउ परेकाविरुद्ध कानूनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

घटनास्थल गोरखा सदरमुकामबाट चारदिन पैदल दूरीमा पर्ने भएकाले हेलिकोप्टरबाट आरोपी ल्याउनुपरेको हो । कुन्साङको शवलाई परीक्षण गरी परिवारको जिम्मा लगाइएको छ । (रासस)