
मस्को, असार १६ । विश्वकप फुटबलमा पहिलोपटक प्रयोग भएको कम्प्युटर प्रणाली भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)का सदस्यहरूले विश्वकप समूह चरणका बिहीबारसम्म भएका खेलहरूमा जम्मा ३३५ घटनालाई जाँच गरेको र यसबाट ९९.३ प्रतिशत सही निर्णय दिन सफलता मिलेको अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
फिफाले रुसमा जारी विश्वकप फुटबलका खेलहरूमा पहिलोपटक कम्प्युटर प्रणाली भीएआरको प्रयोग गरेको हो ।
भीएआर समूहले जम्मा ३३५ घटनालाई परीक्षण गरेको थियो ।
विश्वकपका सबै १२२ गोलहरू भीएआरले परीक्षण गरेको थियो । उक्त प्रणालीको सहयोगमा यसको सहयोगमा जम्मा १२२ गोल भएका छन् ।
अन्य खेल अवधिमा लाइनक्रस, अपसाइड तथा खेलाडीका गतिविधि हेर्नका लागि प्रयोग गरिएको फिफा रेफ्री समितिका अध्यक्ष पियरलुइजी कोलिनाले शुक्रबार बताए ।
भीएआर प्रणालीको हस्तक्षेपका कारण निर्णय सच्चाइएका घटना भने जम्मा १४ ओटा रहेका कोलिनाले जानकारी गराए ।
निरीक्षण भएका १४ घटनामध्ये तीनओटा मूल्यांकन रेफ्रीको कम्प्युटर मनिटरअगाडिको उपस्थितिबिना नै गरिएको थियो भने अन्य मूल्यांकनमा रेफ्री आफैं स्क्रीनअगाडि बसेर हेरेको उनले बताए ।
रेफ्रीले भीएआर प्रणालीको सहयोगबिना नै लिएका ९५ प्रतिशत निर्णय सही पाइएको थियो भने प्रणालीले निर्णयलाई थप प्रभावकारी बनाउँदा ९९.३ प्रतिशत नतिजा सही बन्न पुगेको फिफाको ठहर छ । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्