Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


विश्व क्रिकेट लिगका लागि नेपाली टोलीको बन्द प्रशिक्षण सुरु


0
Shares

आइसिसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले प्रारम्भिक चरणमा २८ खेलाडीलाई छनोट गरेको छ ।

बन्द प्रशिक्षणमा भने अहिले २४ खेलाडी सहभागी छन् । मलेसियामा शुक्रबारदेखि सुरु हुने १९ वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगिताले गर्दा २४ खेलाडीमात्र बन्द प्रशिक्षणमा राखिएको टोलीका मुख्य प्रशिक्षक टमाटाले जानकारी दिए ।

उनले प्रारम्भिक चरणमा २६ खेलाडीको नाम सार्वजनिक गरिएको र एसिया कपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने दुई खेलाडीलाई पनि बन्द प्रशिक्षणमा बोलाइने बताए ।

छनोट हुने खेलाडीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, सन्दीप लामिछाने, सोमपाल कामी, वसन्त रेग्मी, विनोद भण्डारी, सागर पुन, करण केसी, दिलिप नाथ तथा दीपेन्द्रसिंह ऐरी छन् ।

त्यसैगरी, आरिफ शेख, ललितसिंह भण्डारी, सुशान भारी, सुशील कँडेल, नरेश बुढा ऐर, शक्ति गौचन, जीतेन्द्र मुखिया, मेहबुब आलम, सौरभ खनाल, हसिम अन्सारी, सिद्धान्त लोहनी, अनिल मण्डल, कुशल भुर्तेल, विक्रम सोब र सुनिल धमला रहेका छन् ।

विश्व लिग क्रिकेटमा यसअघि १२ खेल खेलेको नेपालले चार खेलमा जीत, एक खेलमा बराबरी तथा सात खेलमा हार बेहोरेको छ । ९ अंक जोडेको नेपाल लिगको छैटौँ स्थानमा छ ।

यता समान १२ खेल खेलेको युएई तीन खेलमा जीत तथा ९ खेलमा हार बेहोर्दै लिगको अन्तिम स्थानमा छ । युएइको ६ अंक रहेको छ ।

त्यस्तै, नेदरल्यान्डस १८ अंकका साथ लिगको शीर्ष स्थानमा तथा पपुवा न्युगिनी १६ अंकका साथ लिगको दोस्रो, स्कटल्यान्ड तेस्रो, हङकङ चौथो तथा केन्या पाँचौँ स्थानमा छन् ।

विश्व लिग क्रिकेटको सातौं चरणअन्तर्गतको दुई खेल आगामी मंसिर २० र २२ गते युएईस्थित अबुधावीको शेख जायेद रंगशालामा हुनेछ । रासस