२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


चार युवतीलाई भारत हुँदै कुवेत लान खोज्ने युवक पक्राउ


65
Shares

पक्राउ पर्नेमा सर्लाही जिल्लाको हरिवन नगरपालिका– ८ बस्ने सूर्यबहादुर कालिकोटेका छोरा २६ वर्षीय टेकबहादुर कालिकोटे रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुबेर कडायतले बताए ।

पक्राउ परेका युवक कालिकोटेले सिन्धुपाल्चोक जिल्लाको हेलम्बू गाउँपालिका– ५ बस्ने २० वर्षीया उषा तामाङ, महाकाल गाउँपालिका– ७ बस्ने २० वर्षीया कुलमाया तामाङ, बाँसखर्क गाउँपालिका ३ बस्ने २० वर्षीया रञ्जना तामाङ र सिन्धुली जिल्लाको मरिणखोला गाउँपालिका– ५ बस्ने २२ वर्षीया कान्छीमाया तामाङलाई भारत लैजाँदै गरेको अवस्थामा प्रहरीले फेला पारी उनीहरुको उद्धार गरेको प्रहरी उपरीक्षक कडायतले बताए ।

जिल्लाको पश्चिममा पर्ने सम्सी सीमानाका हुँदै गएराति १० बजे चार युवतीसहित भारत बिहारको सीतामढी जिल्लास्थित कन्हमा सहर प्रवेश गर्न लागेको अवस्थामा सम्सी गाउँपालिका– ६ स्थित बाटोमा सीमा गस्तीमा रहेका प्रहरीको टोलीले शंका लागि जाँच गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक कडायतले बताए ।

जिल्ला प्रहरी कार्यालयमा ल्याइएका ती युवतीलाई अभिभावक बोलाएर घर पठाउने र उनीहरुलाई भारत लैजाने युवक कालिकोटेमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाउने तयारी भइरहेको जनाइएको छ । रासस