२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


कन्चनपुरका जिल्ला इन्जिनियर र सहायक इन्जिनियर ६ लाख घुससहित रंगेहात समातिए


0
Shares

पक्राउ पर्नेमा जिल्ला इन्जिनियर केदार शर्मा र सहायक इन्जिनियर डण्डीराज पाण्डे रहेका छन् ।

अख्तियार कन्चनपुरका प्रवक्ता खेमानन्द पाठकले शुक्रबार इन्जिनियर केदार शर्माको निवासमा सेवाग्राहीबाट पैसा लिँदैगर्दा उनीहरु दुवैलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

यस्तै, उनीहरु दुवैले ९ लाख र ५ लाख ३० हजारका बैंक चेकसमेत सेवाग्राहीबाट लिएको र सो कार्यालयकै अरु कर्मचारी चेक साट्न कैलाली गएको खुलासा भएपछि सोबारेसमेत अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कन्चनपुरले जनाएको छ ।