
रोल्पाको दुईखोली गाउँपालिका–३ केवरी खोलामा ढुङ्गा प्रहारसँगै उनको गाडीमा गोली प्रहार भएको हो । दुईखोली गाउँपालिका– ३ वाग्मारामा हुने चुनावी सभालाई सम्वोधन गर्न जाने क्रममा भिरमाथिबाट ढुङ्गा प्रहार भएको हो ।
सोही क्रममा करिव नौ/दश राउण्ड फायरिङसमेत भएको बताइएको छ । अज्ञात समूहले गोली प्रहार गरेपछि प्रहरीले समेत प्रतिरक्षाका लागि केही राउण्ड फाइरिङ गरेको थियो । त्यस स्थान आसपासमा अहिले सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
घटनाबारे आधिकारीक रुपमा कसैले पनि जिम्मा नलिए पनि चुनावविरोधी गतिविधीमा संलग्न विप्लव नेतृत्वको नेकपाले गोली प्रहार गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
शनिबार पनि वर्षमान पुन चढेको गाडीलाई लक्षित गरेर माइन बिस्फोट गराइएको थियो ।
यता, नेपाल कम्युनिष्ट पार्टीले भने सोमबार रोल्पा जिल्ला बन्दको घोषणा गरेको छ । गत बुधबार रोल्पा प्रहरीले जिल्ला इन्चार्ज दलबहादुर खत्री जागृति, जिल्ला सेक्रेटरी सन्तोष सुवेदी प्रयास तथा श्याम घर्ती र रामसिंह घर्तीलाई पक्राउ गरी हिरासतमा राखेकाले उनीहरुको रिहाईको मागसहित जिल्ला बन्द घोषणा गरेको हो ।
प्रतिक्रिया दिनुहोस्