Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


नक्कली भिसा तथा सरकारी छाप बनाउने विदेशी नागरिक पक्राउ


0
Shares

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरीले नेपालको सरकारी छाप तथा बिभिन्न देशका भिसाहरू समेत नक्कली बनाउने कार्यमा संलग्न बंगलादेशी ट्रिनिडाड एन्ड टोबागोका नागरिक डेभिड लुइस सान्तनालाई गत शुक्रबार पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–२६ मित्रनगरबाट पक्राउ परेका निजबाट मुहमद मसुद राना नामको बंगाली राहदानी, डेभिड लुइस सान्तना नामको रिपब्लिक अफ ट्रिनिडाड एन्ड टोबागोको राहदानी, नेपाल अध्यागमन कार्यालय अराइभल÷डिपार्चरको रवर स्टाम्प, एम्बेसी अफ द पिपुल्स रिपब्लिक अफ बंगलादेश काठमाडौंको रबर स्टाम्पलगायतका सामाग्रीहरु बरामद भएको ब्यूरोले जनाएको छ ।

ब्यूरोका अनुसार उनलाई काठमाडौं जिल्ला अदालतबाट सरकारी छाप दस्तखत तथा किर्ते अपराध मुद्धामा म्याद थप लिई थप अनुसन्धान कार्य भइरहेको छ ।