
कन्चनपुर, पुस १४ । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै शनिबार प्रधानमन्त्री निवास बालुवाटारअगाडि प्रदर्शन गरिएको छ ।
विवेकशील साझा पार्टीको नेतृत्वमा ‘न्यायको खोजीमा निर्मलाहरु’ ब्यानरमा गरिएको प्रदर्शनमा सहभागीहरुले निर्मलाको हत्याकान्डमा संलग्न दोषीलाई पक्राउ गर्न माग गरे ।
‘न्याय मर्न नदिऔं, सत्य हार्न नदिऔं’ भन्ने नारासहित उपस्थित भएकाहरुले शान्ति–सुरक्षाको प्रत्याभूति दिन प्रहरी प्रशासन र गृहमन्त्री असक्षम भएको आरोप लगाए ।
आपराधिक कार्यको अनुसन्धानमा असक्षम भएकाले प्रहरीलाई तत्काल अपराध अनुसन्धानसम्बन्धी विशेष तालिम दिनुपर्ने उनीहरुको माग थियो ।
निर्मलाको बलात्कारपछि हत्या भएको पाँच महिना बितिसक्दा पनि दोषी पक्राउ पर्न सकेको छैन । विभिन्न छानबिन टोली गठन भएपनि दोषीबारे कुनै संकेत पत्ता लागेको छैन ।
प्रतिक्रिया दिनुहोस्