Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


कांग्रेस नेता रामशरण महतलाई लक्षित गरी बम प्रहार, चारजना घाइते 


0
Shares

शुक्रबार नुवाकोटको चतुरालेमा आयोजित चुनावीसभालाई सम्बोधन गर्न काठमाडौंबाट नुवाकोट आउँदै गर्दा ककनी गाउँपालिका वडा नम्बर–५ अन्तर्गत् डाँडागाउँ, शिकारीचौरमा नुवाकोट प्रतिनिधिसभा क्षेत्र नम्बर–१ का उम्मेदवार महतसहितका उम्मेदवारलाई लक्षित गरी बम प्रहार गरिएको हो ।

विद्युतीय धराप विस्फोट गराउँदा चारजना कांग्रेस कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा उपेन्द्र मिश्र, सविन लामा, यशकुमार तामाङ र लीला घर्तीमगर छन् । उनीहरुको अवस्था सामान्य छ ।

घाइतेहरुलाई काठमाडौंको ग्रान्डी अस्पतालमा ल्याइएको छ । बिहान १० बजेर १० मिनेट जाँदा गराइएको विस्फोटमा परी कार्यकर्ता चढेको एउटा गाडी ध्वस्त भएको छ । डा. महत भने सकुशल छन् ।

नेकपा ‘विप्लव’को नाममा अरुले नै बम प्रहार गरेको डा. महतले प्रतिक्रिया दिएका छन् ।

घटनालगत्तै उक्त क्षेत्रमा ककनी प्रहरीचौकी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी परिचालन गरिएको थियो ।