२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


बाग्लुङमा फेला परेको २ ओटा सुतली बम सेनाद्वारा निस्क्रिय


0
Shares

जिल्लाको बडिगाड गाउँपालिका–५ न्वारास्थित टिका काउचाको घरको च्यानल गेटनजिक रहेको २ ओटा सुतलीले बेरेको तार निस्किएको अवस्थामा शंकास्पद बस्तु फेला परेपछि प्रहरीको समन्वयमा नेपाली सेनाको टोलीले आइतबार निस्क्रिय पारेको हो ।

घटनामा कुनै मानवीय क्षति नभएको र बम कसले राखेको भन्ने खुल्न सकेको छैन । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।