
कार्कीको बा१४च ६३३० नम्बर–को स्कार्पियो गाडीमा सिमरामा प्रेसरकुकर बम प्रहार गरिएको हो ।
जिल्ला वन कार्यालयपछाडि रहेको निवासमा पार्किङमा राखिएको गाडीमा अज्ञात व्यक्तिले बम हानेर भागेको बताइएको छ । बम प्रहारबाट गाडीमा क्षति पुगेको छ ।
उम्मेदवारको गाडीमा बम प्रहार भएपछि जिल्लामा सुरक्षा चुनौती थपिएको प्रहरीको भनाइ छ ।
बाराका प्रहरी प्रमुख राजकुमार बैदवारले शान्ति–सुरक्षा कायम गर्न आफूहरु सक्रिय भएर लागिरहेको बताए ।
उम्मेदवारको गाडीमा बम प्रहार गर्नेको पहिचान भएको दाबी प्रहरीको छ । घटनामा संलग्नलाई तत्काल पक्रने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्