Logo ५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026


रुकुममा लागूऔषध र भरुवा बन्दुकसहित एकजना पक्राउ


0
Shares

सार्वजनिक हुनेमा जिल्लाको मुसिकोट नगरपालिका–८ का ४० वर्षीय हिमबहादुर पाण्डे रहेका छन् ।

लागूऔषध अफिम लुकाई–छिपाई राखेको प्राप्त गोप्य सूचनाका आधारमा आइतबार बिहान जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक लक्ष्मण वलीको नेतृत्वमा गएको प्रहरी टोलीले पाण्डेलाई घरमै सुतिरहेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र धमलाले बताए ।

उनले नियन्त्रणपछि पाण्डेको घर खानतलासी गर्दा लागूऔषध अफिम १७ किलो, दुई नाले भरुवा बन्दुक एक थान, त्यसमा प्रयोग हुने गोली, बारुद, छर्रा, एक थान खुकुरी, एउटा डिजिटल तराजुलगायत फेला पारेको जानकारी दिए ।

पाण्डेमाथि लागूऔषध तथा हातहतियार खरखजनासम्बन्धि मुद्दा दर्ता गरिएको पनि प्रनउ धमलाले बताए । जिल्ला अदालत रुकुम पश्चिमबाट म्याद थप गरी अनुसन्धान कार्य जारी रहेको बताइएको छ । रासस