Logo ५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026


मन्त्री पाण्डेको घर पछाडि राखिएको बम सेनाको टोलीद्वारा निष्क्रिय


0
Shares

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार दूधको क्यानमा ग्रिनेट राखेर बनाइएको सानो बम सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको हो ।

बम निष्क्रिय पार्दा धुवाँमात्र आएको थियो । कम क्षति बनाउने बम राखिएको जानकारी दिंदै उनले तर्साउनका लागि बम राखिएको हुन सक्ने आशंका गरे ।

बिहान सर्वसाधारणले बम देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

पाण्डे चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । उनको निवास अगाडि आफ्नै रेडियो कालिका एफएम र टिभी कालिका छ भने पछाडि उनको आफ्नै कालिका कन्स्ट्रक्सन छ । घर र कन्स्ट्रक्सनको बीचमा रहेको नहरको डिलमा बम राखिएको थियो । सेनाले पानी नभएको नहरमा बम झारेर निष्क्रिय पारेको हो । (रासस)