
जिल्लाका विभिन्न स्थानबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सो पार्टीका जिल्ला सल्लाहकार प्रेम खड्का, हिरामणि रावत, बालचन्द्र गिरी, सुरेन्द्र बस्नेत, कृष्ण बिसी, प्रेम बोहरालगायतका नेता तथा कार्यकर्ताहरु रहेका छन् ।
पक्राउ परेकाहरुको साथबाट बिजुलीका तार, ब्याट्री र विभिन्न दस्तावेजहरुसमेत फेलापरेको प्रहरीले जनाएको छ ।
गत साता सो पार्टीका राप्ती अञ्चल ब्यूरो सदस्य दीपक विष्ट र जिल्ला सदस्य मोतिराम खड्कालाई सदरमुकाम मुसिकोटबाटै पक्राउ गरिएको थियो ।
निर्वाचन बहिस्कार गरेको, आतंक मच्चाएको र निर्वाचनसमेत बिथोल्नसक्ने आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए ।
प्रतिक्रिया दिनुहोस्