Logo ५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026


नेकपा रसुवाका कार्यबाहक अध्यक्ष पक्राउ


0
Shares

निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको आरोपमा लेखनाथ लामिछानेलाई प्रहरीले पक्रेको हो ।

निर्वाचन आउन चार दिनमात्र बाँकी रहँदा सुरक्षालाई खलल पार्ने किसिमको क्रियाकलाप गरेको भन्दै उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

कालिका गाउँपालिका–३ बस्ने लामिछानेलाई कालिकास्थानबाट पक्राउ गरिएको हो ।

सोमबार उत्तरगया गाउँपालिका–५ लहरेपौवामा लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यको घरनजिकै सुतलीबम राख्न उनी संलग्न रहेका आशंका प्रहरीको छ ।